पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा छोरी घाइते

पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ।  आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको छ।

प्रहरीकाअनुसार बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भवनमा बिजुली चुहावट भई आगलागी भएको थियो।  भवनमा आगलागी हुँदा स्थानीय हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरले सञ्चालन गरेको होटेल जलेर नष्ट भएको छ। साथै सोही भवनमा रहेको दोमुखा युवा क्लबको अफिस समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी दमक, कमल र बिर्तामोडको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति साढे १ बजे नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार