युवा संघमा पदाधिकारी छानिए, संयोजक पाठक र सचिवमा ढकाल

युवा संघ सचिव दिनेश ढकाल

इलाम । राष्ट्रिय युवा संघ नेपाल इलामको पदाधिकारीहरुको टुङ्गो लागेको छ ।
सूर्योदय नगरपालिकाको फिक्कलमा फागुन ११ गते सम्पन्न भेलाले संयोजक मात्र छानेर प्लेन कमिटी बनाएको थियो । नेकपा एमाले इलामको कार्यालयमा मंगलबार सम्पन्न पहिलो पूर्ण बैंठकले पदाधिकारीहरुको टुङ्गो लगाएको हो ।
बैंठकले संघको संयोजकमा चन्द्र पाठक, सहसंयोजकमा कञ्चन राई, सचिवमा दिनेश ढकाल, सहचिवद्वयमा पुरन राई र शिव कार्की तथा कोषाध्यक्षमा सोफिया आङदेम्बेलाई चयन गरेको छ । बैंठकले १९ सदस्यीय सचिवालय गठन गर्नका साथै पालिका इन्चार्ज समेत तोकेको छ । ५९ सदस्य रहेको जिल्ला कमिटीको बैंठकले आगामी निर्वाचनमा संगठनका सबै सदस्यहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको सचिव ढकालले बताए । बैंठक युवा संघका इलाम इन्चार्ज निरोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार