दबूको अध्यक्षमा नारायण श्रेष्ठ

  आवाज सम्वाददाता


इलाम । नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ बरबोटेको तेस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्रीबहादुर श्रेष्ठ र सुष्मा श्रेष्ठ, सचिवमा रोशन श्रेष्ठ, सहसचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा युवराज श्रेष्ठलाई चयन गरेको छ ।
यसरीनै सदस्यहरुमा निर्जला श्रेष्ठ, कमल श्रेष्ठ, रमा श्रेष्ठ, कृष्णमाया श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, चन्द्र श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, जीतबहादुर श्रेष्ठ, सुस्मिता श्रेष्ठ। उर्मिला श्रेष्ठ, मनिषा श्रेष्ठ, देबी श्रेष्ठलाईं चयन गरेको छ ।

नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ बरबोटेले तेस्रो अधिवेशनको अवसर पारेर जेष्ठ नागरिक लगायत ८ जनालाई सम्मान पनि गरिएकाे छ ।
दबूले नेवार समुदायका जेष्ठ नागरिकहरु हर्कबहादुर, बीर बहादुर, लबीमाया र टंकमाया श्रेष्ठलाई सम्मान गरेको हो । यसरीनै दबुले सञ्चालन गरेको वचतका व्यवस्थापक सीता श्रेष्ठ, , असल वचतकर्ता घनेन्द्र श्रेष्ठ र असल ऋणि वेदकुमारी श्रेष्ठलार्ई पनि सम्मान गरेको छ । नेवार समुदायबाट एसइईमा उत्कृष्ट अंक ल्याउने अमर माविकी रेविका श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई दोसल्ला ओढाउनका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।
दबूका अध्यक्ष बालकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेवाः देय दबू इलामका अध्यक्ष युद्ध वैद्य, केन्द्रीय सदस्य कमल श्रेष्ठ, इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, सञ्चारकर्मी सटेन्द्र जबेगू, वडासदस्य गृष्म सुब्बा, जनजाति समन्वय समिति इलामका अध्यक्ष मनराज जबेगू, तमू छोंज धींका सोमबहादुर गुृरुङ्ग, युवा समाजसेवी छबि श्रेष्ठ र काजी श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम दबूका सचिव नारायण श्रेष्ठले सञ्चालन गरेका थिए भने उपाध्यक्ष मदन श्रेष्ठले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार