शिक्षक संगठनको अध्यक्षमा थाम्सुहाङ

  आवाज सम्वाददाता


इलाम । नेपाल शिक्षक संगठन इलामको १२ जिल्ला अधिवेशनले लोकबहादुर थाम्सुहाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
इलाम सदरमुकाममा शनिबार सम्पन्न अधिवेशनले संगठनको उपाध्यक्षमा होममाया गुरुङ, धर्मप्रसाद अधिकारी, सचिवमा धर्मप्रसाद दाहाल, सहचिवमा ममता केसी, कोषाध्यक्षमा तीर्थमान राई र सहकोषाध्यक्षमा इन्दिरा शिवाकोटीलाई चयन गरेको छ ।
यसरीनै सदस्यहरुमा कृष्णनारायण श्रेष्ठ, निर्मल तिम्सिना, इन्द्रदिप राई, बलराम रिजाल, प्रमोद रिजाल, खेमराज लिम्बू, नेत्रप्रसाद अधिकारी, तुलसी प्रसाद खतिवडा, देवीप्रसाद सुवेदी, मेघराज गड्तौला, मोटेन्द्र रायमाझी, हरिप्रसाद आङदेम्बे, गोमा रिजाल, रञ्जना देवान, राधिका भारती, गणेश खतिवडा, ऋमा माखिम, डिकबहादुर राईलगायत चयन भएका छन् । यस्तै अधिवेशनले लेखा समिति संयोजकमा केन्द्रकुमार बस्नेतलाई चयन गरेको छ । यसरीनै अधिवेशनबाट एक महिला सहित पाँच जनालाई केन्द्रीय प्रतिनिधि पनि चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार