इलाममा १६ वटा दलले स्थानीय निर्वाचनमा जान पाउने

  आवाज सम्वाददाता


इलाम  । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि इलामका १६ दलले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । तर, राष्ट्रिय पार्टीका रुपमा दर्ता भएका छ वटा बाहेकका पार्टीले भने निर्वाचनमा जान र चिन्ह पाउनका लागि जिल्ला समितिको नाम जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ ।
चुनाव चिन्ह दिनका लागि निर्वाचन आयोगले त्यस्ता दलहरुलाई दोहोरो प्रक्रियाबाट समितिको नाम माग गरेको छ । पार्टीको केन्द्र हुँदै निर्वाचन आयोगमा र जिल्ला स्थित जिल्ला निर्वाचन कार्यालयमा दलहरुले जिल्ला समितिको नाम पेश गर्नुपर्ने छ । चैत छ गतेसम्म त्यस्ता दलहरुले जिल्ला निर्वाचन कार्यालयमा समितिको नाम पेश गरिसक्नु पर्ने जनाइएको छ । छ गते संकलन भएको समितिको नाम निर्वाचन कार्यालयले चैत ७ गते निर्वाचन आयोगमा पठाउने जनाइएको छ ।
इलाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (मा‍ओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजबादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, एकीकृत शक्ति नेपाल, संघीय लिम्बुवान राज्य परिषद्, नेपाल कम्युनिष्ट पार्टी (माले_, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र समाजिक एकता पार्टी रहेका छन् । यी मध्ये अहिले सम्मको स्थितिमा संघीय लिम्बुवान राज्य परिषद्ले चाँहि स्वतन्त्र चिन्हमा चुनाव लड्नु पर्ने अवस्था रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार