पार्टी फुटाउनेहरुसँग हिसाब चुक्ता गर्न जनताले बहीखाता लिएर बसेका छन्–नेम्बाङ

  आवाज सम्वाददाता


फिक्कल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेका मतले जितेर एमालेलाई फुटाउने जनप्रतिनिधिहरुले जनतालाई ढोगेर माफ माग्नु पर्ने बताएका छन् । सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङ भने ‘एमालेबाट जितेर एमालले छोड्ने जनप्रतिनिधिहरुले जनतालाई १० पटक नमस्कार गर्नुहोसु त्यसपछि अध्यक्ष ओलीले तपाईहरुको विषयमा सोच्नु होला’
विगतमा पार्टी फुट्दा १०७ मतले पराजित हुनुपरेको पीडा संझन नेम्बाङले आग्रह गरे । नेकपा एकिकृत समाजवादी पार्टीका नेता झलनाथ खनालप्रति लक्षित गर्दै नेम्बाङले भने, ‘त्यो बेला तपाईले भन्नु भएको थियो, पार्टी पुटाउनेहरुलाई जनताले साथ दिँदैनन् भनेर त्यो कुरा नागरिकको दिमाखमा ताजै छ ।’
पार्टी फुटाउनेहरुसँग हिसाब किताब चुक्ता गर्न जनता बहीखाता बोकेर बसेको उल्लेख गर्दै उपाध्यक्ष नेम्बाङले नागरिकले हिसाब किताब गर्लान् भनेर गठबन्धन निर्वाचनसँग तर्सने गरेको पनि बताए ।
उपाध्यक्ष नेम्बाङले मेचीदेखि महाकालीसम्म एमाले प्रवेशको लहर चलेकाले एमालले पार्टी फुटाएर विपक्षी पार्टीलाई सरकारमा पुर्याउनेहरुको मतपेटिका खाली हुने ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार