मोरङ।भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी -१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित पक्राउ गरिएको छ ।
बिहीबार बेलुका पौने ५ बजे बिराटनगर -१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहको साथबाट भारतीय रुपैयाँ पाँच सय दरको नोट तीन सय ८८ थान, दुई हजार दरको नोट २६ थान गरि जम्मा भारतीय रुपैयाँ दुई लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।