प्रहरीले छुर्पी पक्राउ गरेको विरोधमा प्रशासनमा धर्ना

  आवाज सम्वाददाता

इलाम । गएको चैत ७ गते तेह्थुमबाट इलाम स्थित सूर्योदय नगरपालिका तर्फ ल्याइंदै गरेको दुई हजार किलो छुर्पी इलाम र झापाको सीमाना सुनमाई स्थित जोर कलसमा प्रहरीले बरामद गरेको विरोधमा बुधबार इलामका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
दुग्ध पदार्थ उत्पादक व्यवसायीहरुले इलामका प्रमुख जिल्ला अधिकारीलाई एक ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । सेतो पहाड डेरी उद्योगका सञ्चालक मिलन खत्री, प्रदेश डेरि उद्योगका प्रकाश दाहाल, पञ्चकन्या डेरि उद्योगका मनिष तामाङ, हरित सोयाङ कृषि तथा पशुपालन फार्मका सुजन खत्री, इन्द्र बानियाँ सहितका किसानहरुले कृषि उत्पादनमाथि प्रहरीले हस्तक्षेप गर्नु असोभनीय भएको भन्दै प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह सहित प्रकाशन कार्यालय अगाडि धर्ना दिएको उनीहरुले बताएका छन् । गएको चैत ७ गते तेह्थुमको छथर दुग्ध परिकार उद्योगबाट इलामको ग्रीनहिल मल्टि टेड्रर्स प्रालि मार्फत पान नम्बर सहितको बील जारी गरि सूर्योदय नगरपालिका पठाइएको छुर्पी (हार्ड चीज) प्रहरीले बरामद गरेर दुःख दिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेपालको कर प्रणालीमा दर्ता भइ कर तिरेर कारोबार गरिहेका उद्योगहरुबाट उत्पादित सामग्रीलाई प्रहरीले यसरी बरामद गर्नुले सम्पूर्ण किसानहरु आफ्नो व्यवसाय प्रति हत्तोत्साहित भएको जनाइएको छ । इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्थथुम, धनकुटालगायतका जिल्लामा उत्पादन हुने र तेस्रो मुलुक निकासी हुने छुर्पीले विदेशी मुद्रा समेत आर्जन गरेर देशकै अर्थतन्त्रलाई टेवा दिने गरेको समेत ध्इानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यस्तै चालू आर्थिक वर्षको गएको ८ महिनामा १ अर्व ७१ करोड ४९ लाख ८० हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको भन्सार विभागको तथ्याकं समेत रहेको बताइएको छ । यस्तो तथ्याकं आउँदै गर्दा नेपाल सरकारले दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादक किसानलाई कसनै सकस नदिइ, प्रोत्साहित गर्न र बरामद गरिएको सामग्री तत्काल फिर्ता गर्न माग गरिएको छ ।
यसैबीच जोरकलसमा प्रहरीले बरामद गरेको छुर्पी राजश्व अनुसन्धान केन्द्र इटहरीमा पठाइएकोमा कुनै अनुसन्धान गर्नु नपर्ने भन्दै केन्द्रले किसानलाईनै फिर्ता दिएको धर्नामा सहभागी मिलन खत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार