इलामका दश स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

  आवाज सम्वाददाता

आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । आयोगले चैत २९ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको सूचना जारी गरेको छ ।
आयोगको सूचना अनुसार इलामको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नाम तोकिएका छन् । उनले जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पनि सम्हाल्नु पर्नेछ ।
आयोगको सूचनाअनुसार देउमाई नगरपालिकामा जिल्ला समन्वय अधिकारी हरि दाहाल, माई नगरपालिकामा इलाम जिल्ला अदालतका स्रेस्तेदार फणीन्द्रराज भट्टराई र सूर्याेदय नगरपालिकामा उच्च अदालत इलाम इजलाशका रजिस्टार लोकबहादुर हमाल निर्वाचन अधिकृतका रूपमा खटाइएको छ । यसैगरि चुलाचुली गाउँपालिकामा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव तेजप्रसाद प्रसाईं, फाकफोकथुम गाउँपालिकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव पुष्पराज पुष्पराज कटवाल, माईजोगमाई गाउँपालिकामा इलाममा प्रमुख मालपोत अधिकृत प्रेमकुमार काफ्ले, माङ्सेबुङ गाउँपालिकामा प्रशासकीय अदातलका उपरजिस्टार घनेन्द्र अधिकारी निर्वाचन अधिकृत तोकिएका छन् । रोङ गाउँपालिकामा सर्वाेच्च अदालतकी इजलाश अधिकृत उषा श्रेष्ठ, सन्दकपुर गाउँपालिकामा जिल्ला न्यायाधीवक्ता राजेन्द्रबहादुर बस्नेत  रहेको आयोगलेको सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार