दलित समुदायका व्यक्तिलाई मुख्य पदमा लैजान दलहरुलाई आग्रह

‘दलित व्यक्तिलाई जिम्मेवारी दिदंै गर्दा दलितले हार्छ भन्ने मानसिकता हाम्रो समाजमा कहिले सम्म ?’ नेपाली काङ्ग्रेस इलाम जिल्ला समिति सदस्य सुमन दासले भने । आगामी स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवाल विषयक अन्तरक्र्रिया कार्यक्रमा बोल्दै दासले जातीय ट्याग लाग्दा हार्नु परेको अवस्था रहेको बताएका छन् । दश प्रतिशत दलित समुदायको व्यक्तिलाई वडा अध्यक्ष तथा मेयर दिन समेत अनुरोध गरे ।
आगामी वैसाख ३० मा हुने स्थानीय तहको निवार्चनमा दलित समुदायको भूमिका, दलित जनप्रतिनिधिको भूमिका, हक हितलाई कसरी अघि बढाउने, सहभागितालाई कसरी अर्थपूर्ण बनाउने, उनीहरुमा हुने विभेदलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा ध्यान दिन जरुरी रहेको रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा बताउँछन् । उसो त धेरै ठाउँमा सहभागिता भएता पनि निर्णयको क्षमता नपुगेको अवस्था रहेको छ । हाल ७५३ स्थानीय तह मध्ये ६५६७ जना दलित महिलाहरुले काम गरिरहेकमा छन् जसमध्ये जिल्ला समन्वय समितिका महिला उप प्रमुख, १९७ जना वडा अध्यक्ष रहेका छन् ।

जातीय भेदभाव र छुवाछुतमा आधारित कानुन बन्न क्ुनै पनि कसुर बाँकी नरहेको तर हालसम्म कार्र्यन्वयन भएको अवस्था छैन । बनेका संयन्त्रलाई चलायमान र गतिशील बनाएर अघि बढ्यो भने सामता मूलक समाज निर्माण गर्न सक्छौै भन्ने यो समुदायका अगुवाको बुझाइ छ । यतिबेला विभिन्न राजनितिक दलका प्रतिनिधिहरुलाई प्रश्न गरिरहनु पर्नेमा उनीहरुको जोड छ ।
लैङ्गिक हिसाबले दलित समुदाय भित्र अझ बढी पिडित महिला भएको अधिकारकर्मी प्रकाश अधिकारीको भनाइ छ । ‘अहिले पनि दलित जनप्रतिनिधि माथिनै त्यस्तो अभद्र व्यवहार हुने गरेको छ, समुदाय भित्रै भएका त्यस्ता घटनालाई हटाउन यो समुदायले पनि मुख्य भूमिका खेल्नु पर्छ ।’ अधिकारीले भने ‘समुदाय सक्षम भयो भने अन्य समुदाय र व्यक्तिहरुले सम्मान जनक व्यवहार गर्न सिक्छन् ।’
यता इलाम नगरपालिका प्रमुख महेश बस्नेत दलित समुदायका व्यत्तिःहरुलाई राजनितिक दलमा पु¥याउंदैमा समाजमा भएको शोषणको अन्त्य गर्न नसकिने बताउँछन् । ‘हामीले दलित भित्रका विभेदलाई अन्त्य गर्नुपर्छ भन्ने कुरामा समन्वय गर्न प्रयत्न गरिरहेका छौं ।’ बस्नेतले भने ‘दलितहरुलाई तहगत रुपमा अघि बढाउन उनीहरुको प्रतिनिधित्वलाई सुनिश्चित गर्दै समाजमा भएको उत्पीडित वर्गलाई उत्थान गर्ने कार्यमा शसक्त भएर लागेका छौं ।’ बस्नेतले दलित महिलाहरुलाई अघि बढाउन नेकपा ऐमाले दृढताका साथ अघि बढिरहेको साथै समतामूलक समाज निर्माणमा दृढताका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । समता फाउन्डेशनको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार