इलामका २९ मतदान स्थल अतिसंवेदनशील

  आवाज सम्वाददाता

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखेको छ । यस्तै ५९ वटा मतदान स्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्यमा छुट्याइएको बताइएको छ । ‘कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदान स्थल पनि अति संवेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन् ।’ प्रजिअ ढुङ्गानाले भने ‘अब एकिकृत सुरक्षा योजना तयार भएपछि र निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाइएपछि मात्र सुरक्षाकर्मी पनि खटिने छन् ।’
यता जिल्लामा रहेका ५५० बढी नेपाल प्रहरी, एक हजार १९८ म्यादी प्रहरी आउँदो निर्वाचनमा खटिने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । ‘नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना बीच एकिकृत सुरक्षा योजना बन्दै छ, यो योजना बनेपछि मात्र निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या आउनेछ ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार