पवन गजुरेललाई अध्यक्षमा चयन गर्दै अनेरास्ववियु देउमाइ नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उपाध्यक्षमा सुनिल लिम्बु, सचिवमा टिकाप्रसाद निरौला, सह–सचिवमा विवश ढुङ्गेल, सोविता पराजुली र कोषाध्यक्षमा पवित्रा थापालाई चयन गरेको छ । यस्तै महिला विभाग प्रमुखमा सुस्मिता अधिकारी चयन भएकी छन् ।
अखिलकी मञ्जु लिम्बूको अध्यक्षता र नेकपा एमाले इलामका उप–सचिव रविन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटि सदस्य भिमलाल खनाल, विशेश पराजुली, सचिन राया, मनोज लिम्बू, टीका सापकोटा लगायतको उपस्थिति रहेको थियो ।