निर्वाचन आचार संहित लागु भएपछि इलामको माङ्सेबुङ गाउँपालिकाले आफ्ना जनप्रतिनिधिलाई कार्यालयको सवारी सञ्चालनमा रोक लगाएको छ । कार्यालयको काम बाहेक अन्य राजनीतिक सभा, सम्मेलन, बैठक वा भेला केहीमा पनि प्रयोग नगर्न सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले एक सुचना जारी गरि जनप्रतिनिधिलाई कार्यालयको काम बाहेकका गतिविधिमा कार्यालयको सवारी प्रयोग नगर्न आग्रह गरेका छन् ।