प्रनानि कार्कीको कमाण्डले १८ लाखको अवैध सामग्री पक्र्यो

  आवाज सम्वाददाता

इलाम । रोङ गाउँपालिका वडा नं. ४ किटेनीमा प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा आयात भएको मोटर पार्टस् पक्राउ गरेको छ ।

किटेनी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले १४ लाख ३७ हजार तीन सय बराबरको मोटर पार्टस् र पिकअप पक्राउ गरेको हो । पिकअप गाडी सहित १८ लाख बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । किटेनीबाट मानेबुङको भित्री सडकबाट झापा लगिरहेको अवस्थामा बिना बीलको मोटर पार्टस् पक्राउ गरिएको हो । पक्राउ गरिएको सामग्री पशुपतिनगर स्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार