यसपटक उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिर्नै पर्ने

  आवाज सम्वाददाता

आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहाने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिर्नै पर्ने भएको छ । मंगलबार सर्वोच्च अदालतले सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चले खारेज गरिदिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको निर्णय सदर गरेको हो । आयोगको निर्णय सदर भएसँगै निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार