मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालय स्थापना

  मनकुमार बराइली

स्थानीय तहको निर्वाचनका लागि बिहीबार इलामका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदैछ । बिहीबार इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस हरिशचन्द्र इङ्गनामले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्दै इलाम नगरपालिकाको समेत निर्वाचन हेर्ने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य निर्वाचन अधिकृत इङ्गनामले उद्घाटन गरेका थिए ।
यसैगरि जिल्लाका अन्य सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेक्रम यो समाचार तयार पार्दा समेत जारी रहेको जनाइएको छ । यसपटक निम्न अनुसार निर्वाचन अधिकृतहरु खटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार