नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द्र विप्लव) को उम्मेदवार घोषणा

  आवाज सम्वाददाता

स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बिहीबार आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीको १४ औं जिल्ला कमिटि बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
नेकपा विप्लवले इलाम नगरपालिकामा नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उप–प्रमुखमा नारदमणि साम्पाङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उप–प्रमुखमा अमर राई, देउमाईको नगर प्रमुखमा मोहन बराल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उठाउने निर्णय गरेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
बाँकी स्थानका लागि उम्मेदवारको चयन हुन बाँकी रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार